ChamberActivity

11/17/2024 3:04:00 AM

कर शिक्षा सम्बन्धी अन्तरक्रिया

 सङ्घका अध्यक्ष श्री अनिलकुमार अग्रवालज्यूको अध्यक्षतामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह २०८१ को  अवसरमा सङ्घमा कर शिक्षा सम्बन्धी अन्तरक्रिया तथा आर्थिक विधेयक २०८१ ले प्रदान गरेका छुट तथा सहुलियत  सम्बन्धी जानकारीमुलक कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत श्री टीका राज चौलागाईज्यू, महासचिव श्री आशिषकुमार लाठज्यू, सङ्घका कार्यसमिति सदस्यज्यू, कर अधिकृतज्यूको साथै उद्योगि व्यवसायीज्यूको उपस्थिति रहेको थियो ।