Home ChamberActivity
ChamberActivity
2/10/2025 6:00:00 PM
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री अनिलकुमार अग्रवालज्यूको अध्यक्षतामा सङ्घको सभाहलमा सशस्त्र प्रहरी बल, नेपाल नं ४० रिजर्भ गण हे।क्वा। पिलुवा, बाराका सशस्त्र प्रहरी उपरीक्षक श्री मोहन बहादुर क्षेत्रीज्यूको बिदाई तथा नवअगन्तुक सशस्त्र प्रहरी उपरीक्षक श्री नवराज थापाज्यूको औपचारिक स्वागत गरियो। कार्यक्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष श्री हरिप्रसाद गौतमज्यू, उपाध्यक्ष श्री माधव राजपालज्यू, महासचिव श्री आशिषकुमार लाठज्यू, सचिव श्री प्रेमचन्द्र गोयलज्यू, सङ्घका प्रशासकीय अधिकृत श्री मनोज उपाध्यायज्यूका साथै सञ्चारकर्मी प्रणय कुमारज्यूको उपस्थिति रहेको थियो। सो अवसरमा बिदाइ गरिएका सशस्त्र प्रहरी उपरीक्षक श्री मोहन बहादुर क्षेत्रीज्यूलाई सङ्घको तर्फबाट सम्मान गर्दै वीरगञ्ज क्षेत्रका सुरक्षासम्बन्धी सेवामा पुर्याएको योगदानहरुको उच्च प्रशंसा गर्नुका साथै नवअगन्तुक सशस्त्र प्रहरी उपरीक्षक श्री नवराज थापाज्यूलाई स्वागत गर्दै उहाँको कार्यकाल सफल तथा प्रभावकारी होस् भन्ने शुभकामना व्यक्त गरियो ।