Home ChamberActivity
31-Aug-2026
बाढीबाट प्रभावित परिवारहरूको राहत तथा पुनःस्थापना
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित परिवारहरूको राहत तथा पुनःस्थापनाका लागि वीरगन्ज उद्योग वाणिज्य संघले १५ लाख १ हजार १०१ रुपैयाँ सहयोग गरेको छ। संघले सोमबार उक्त रकम बराबरको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। बाढीबाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन तथा प्रभावित क्षेत्रको पुनःस्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले संघले उक्त रकम प्रदान गरेको जनाएको छ। चेक हस्तान्तरण कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतम, निवर् Read More
25-Aug-2026
वीरगञ्ज भंसार कार्यालयमा एकीकृत जाँच चौकी निर्माणसम्बन्धमा छलफल कार्यक्रम
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूको नेतृत्वमा सङ्घका पदाधिकारीज्यूहरूको सहभागितामा जिल्ला प्रशासन कार्यालय, पर्साका प्रमुख जिल्ला अधिकारीज्यूको अध्यक्षतामा वीरगञ्ज भंसार कार्यालयमा एकीकृत जाँच चौकी निर्माणसम्बन्धमा छलफल कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रममा पर्साका प्रहरी उपरीक्षकज्यू, सशस्त्र प्रहरी उपरीक्षकज्यू लगायत सम्बन्धित सरोकारवालाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सङ्घका कोषाध्यक्ष श्री अनोज रुङ्गटाज्यूले वीरगञ्ज भन्सार कार्यालयमा एकीकृत जाँच चौकी निर्म Read More
15-Aug-2026
संघीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय खडक राज पौडेलज्यूसँग भेटघाट
बीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूको अध्यक्षता तथा संघीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय खडक राज पौडेलज्यूको प्रमुख आतिथ्यतामा तथा प्रतिनिधि सभा सदस्यज्यूहरूको उपस्थितिमा सङ्घको सभाहालमा भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रममा बीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्षज्यूले पर्सा जिल्लामा रहेका पर्यटकीय स्थलहरूको आवश्यक पूर्वाधार विकास, संरक्षण तथा प्रवर्द्धन गरी पर्यटक आकर्षित गर्नुपर्नेमा जोड दिनुभयो साथै कार्यक्रममा सहभागीहरूले पर्सा ज Read More
09-Aug-2026
सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूको अध्यक्षतामा तथा शिक्षा मन्त्रालय, मधेश प्रदेशका सचिव श्री दिलीपकुमार ठाकुरज्यूको प्रमुख आतिथ्यतामा सङ्घको सभाहलमा योजना महाशाखा प्रमुख श्री किशोरी कापरज्यू तथा इन्सयोर परियोजनाका प्रदेश व्यवस्थापक श्री निर्मला मैनालीज्यूसँग भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रममा इन्सयोर परियोजनाले हाल सञ्चालन गर्दै आएका विभिन्न कार्यक्रम तथा गतिविधिहरूबारे विस्तृत जानकारी गराइएको थियो। साथै, परियोजनाका कार्यक्रमहरूलाई थप प्रभावकारी, परिणाममुखी तथा दिगो बन Read More
03-Aug-2026
प्रहरी उपरीक्षकज्यूको स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूको अध्यक्षता तथा पर्साका नवआगन्तुक प्रहरी उपरीक्षक श्री पवन भट्टराईज्यूको प्रमुख आतिथ्यतामा सङ्घको सभाहलमा प्रहरी उपरीक्षकज्यूको स्वागत तथा भेटघाट कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो। कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूले पर्साका नवआगन्तुक प्रहरी उपरीक्षक श्री पवन भट्टराईज्यूलाई बीरगञ्जमा हार्दिक स्वागत गर्दै जिल्लाको शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्न प्रहरी प्रशासन र निजी क्षेत्रबीच निरन्तर स Read More
03-Aug-2026
सीप विकास तालिमको समापन कार्यक्रम सम्पन्न
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूको अध्यक्षता तथा वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री बसन्त बहादुर बोहोराज्यूको प्रमुख आतिथ्यतामा सङ्घको सभाहलमा बीरगञ्ज उद्योग वाणिज्य सङ्घद्वारा गठित लघु उद्यम विकास कोषअन्तर्गत सञ्चालित सीप विकास तथा व्यावसायिक तालिमहरूको समापन कार्यक्रम सम्पन्न भयो। वीरगञ्ज उद्योग वाणिज्य सङ्घ, वीरगञ्ज महानगरपालिका तथा एनपीएल समाज कल्याण संस्थाको संयुक्त आयोजनामा सञ्चालित उक्त तालिमहरूको मुख्य उद्देश्य पर्सा जिल्लाका अति विपन्न परिवा Read More
23-Jul-2026
पर्सा–बारा जिल्लामा अवस्थित नदीहरूको स्वच्छता प्रवर्द्धन, औद्योगिक प्रदूषण व्यवस्थापन तथा उद्योग क्षेत्रका समस्या र तिनका समाधानका उपायहरूू विषयक बृहत् छलफल तथा अन्तरक्रिया कार्यक्रम
बीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूको अध्यक्षता तथा उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिका सभापति माननीय रहबर अंसारीज्यूको प्रमुख आतिथ्य एवं संसदीय समितिका सदस्य माननीय हरि पन्तज्यू, माननीय अरविन्द साहज्यूको उपस्थितिमा सङ्घको सभाहलमा पर्सा–बारा जिल्लामा अवस्थित नदीहरूको स्वच्छता प्रवर्द्धन, औद्योगिक प्रदूषण व्यवस्थापन तथा उद्योग क्षेत्रका समस्या र तिनका समाधानका उपायहरूू विषयक बृहत् छलफल तथा अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो। उक्त कार्यक्रमम Read More
21-Jul-2026
ट्रेड युनियनका नेतृत्वसँग छलफल कार्यक्रम
बीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूको अध्यक्षतामा सङ्घको सभाहलमा श्रम सुधार तथा औद्योगिक–श्रम सम्बन्ध सुदृढीकरण सम्बन्धी ट्रेड युनियनका नेतृत्वसँग छलफल कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो। उक्त कार्यक्रममा अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूले उद्योग, व्यवसाय तथा श्रमिकको साझा हित संरक्षण गर्दै औद्योगिक शान्ति र सौहार्दपूर्ण श्रम सम्बन्ध कायम राख्न बीरगञ्ज उद्योग वाणिज्य सङ्घ र श्रम युनियनबीच आपसी समन्वय, सहकार्य तथा विश्वासलाई अझ सुदृढ बनाउन आवश्यक रहेकोमा जोड दिनुभयो। Read More
05-Jul-2026
एकदिने बृहत् रोजगार मेला"
अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) को सहयोग, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ-मधेश प्रदेश र वीरगञ्ज उद्योग वाणिज्य सङ्घको आयोजना र वीरगंज महानगरपालिका, नेपाली युवा उद्यमी मञ्च-वीरगंज च्याप्टर र एच.आर. सोसाइटीको सहकार्यमामा बीरगञ्जस्थित होटल भिषुवामा "एकदिने बृहत् रोजगार मेला" वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरि गौतमज्यूको अध्यक्षता र मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री माननीय कनिश कुमार पटेलज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । कार्यक्रमलाई स Read More
05-Jul-2026
प्रदेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री माननीय श्री कनिश पटेलज्यूसँग भेटघाट तथा छलफल कार्यक्रम
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूको अध्यक्षतामा सङ्घको सभाहलमा मधेश प्रदेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री माननीय श्री कनिश पटेलज्यूसँग भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भयो।उक्त अवसरमा अध्यक्ष श्री गौतमज्यूलेउद्योग तथा व्यापारमैत्री वातावरण निर्माण, लगानी प्रवर्द्धन, पर्यटन विकास तथा उद्यमशीलताको विस्तारका लागि प्रदेश सरकार र निजी क्षेत्रबीच थप प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको विषयमा समेत छलफल भएको थियो। उक्त कार्यक्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष श्र Read More
03-Jul-2026
नेपाल उद्योग वाणिज्य महासङ्घका एसोसिएटतर्फका उपाध्यक्ष श्री प्रवलजंग पाण्डेज्यूसँग भेटघाट
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूको अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य महासङ्घका एसोसिएटतर्फका उपाध्यक्ष श्री प्रवलजंग पाण्डेज्यूको प्रमुख आतिथ्यतामा सङ्घको सभाहलमा भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष श्री माधव राजपालज्यू, उपाध्यक्ष श्री आशिषकुमार लाठज्यू, सचिव श्री अनुप अग्रवालज्यू, नेपाल उद्योग वाणिज्य महासङ्घ मधेश प्रदेशका कार्यवाहक अध्यक्ष श्री राजकुमार साहज्यू तथा जितपुर–सिमरा उद्योग वाणिज्य सङ्घ Read More
30-Jun-2026
बीरगञ्ज महानगरपालिकाका नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत श्री बसन्त बहादुर बोहोराज्यूसँग भेटघाट तथा छलफल
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूको अध्यक्षतामा बीरगञ्ज महानगरपालिकाका नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत श्री बसन्त बहादुर बोहोराज्यूसँग भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भयो। उक्त भेटघाट तथा छलफल कार्यक्रममा वीरगञ्ज महानगरपालिका र निजी क्षेत्रबीच आपसी समन्वय, सहकार्य तथा साझेदारीलाई अझ प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल भएको थियो। कार्यक्रममा सङ्घका निवर्तमान अध्यक्ष श्री अनिल कुमार अग्रवालज्यू, वरिष्ठ उपाध्यक्ष श्री माधव राजपालज्यू, महासचिव श्री शिवजी प्रसादज्यू, Read More
28-Jun-2026
नवनिर्वाचित पदाधिकारीहरूको स्वागत तथा अन्तरक्रिया कार्यक्रम
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूको अध्यक्षतामा सङ्घको सभाहलमा नेपाल युवा उद्यमी मञ्च (NYEF) का नवनिर्वाचित पदाधिकारीहरूको स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रममा सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूले नेपाल युवा उद्यमी मञ्च (NYEF) का नवनिर्वाचित अध्यक्ष श्री चन्दन सिंहज्यू तथा सम्पूर्ण पदाधिकारी एवं कार्यसमिति सदस्यहरूलाई स्वागत गर्दै युवा उद्यमीहरूको सक्रिय सहभागिताले निजी क्षेत्रको विकास तथा आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुर्&zwj Read More
26-Jun-2026
“रोजगार मेला २०८३” सम्बन्धी पहिलो पत्रकार सम्मेलन
नेपाल उद्योग वाणिज्य महासङ्घ र वीरगञ्ज उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा वीरगञ्जमा आयोजना हुन गइरहेको एकदिने बृहत् “रोजगार मेला २०८३” सम्बन्धी पहिलो पत्रकार सम्मेलन सम्पन्न भएको छ। कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्षज्यूले रोजगार मेला २०८३ को उद्देश्य, महत्व तथा अपेक्षित उपलब्धिबारे विस्तृत जानकारी गराउँदै युवाहरूलाई स्वदेशमै रोजगारीका अवसर उपलब्ध गराउने, उद्योग तथा व्यवसाय क्षेत्रमा आवश्यक दक्ष जनशक्ति र रोजगार खोजिरहेका युवाबीच प्रत्यक्ष सम्पर्क स्थापित गर्ने तथा Read More
25-Jun-2026
नेपाल राष्ट्र बैंक, वीरगञ्जका निर्देशक संजीव कुमार झा सँग भेटघाट
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूको अध्यक्षतामा सङ्घको सभाहलमा नेपाल राष्ट्र बैंक, वीरगञ्जका निर्देशक संजीव कुमार झा सँग भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रममा सङ्घका निवर्तमान अध्यक्ष अनिलकुमार अग्रवाल, वरिष्ठ उपाध्यक्ष माधव राजपाल, उपाध्यक्ष आशिषकुमार लाठ, महासचिव शिवजीप्रसाद साह, कोषाध्यक्ष अनोज रुँगटा, सचिवद्वय प्रेमचन्द्र गोयल तथा सुशान्त चाचान, सह–कोषाध्यक्ष निरज अग्रवाल, सह–सचिव नरेशकुमार टिवडेवाल लगायत सङ्घका कार्यसमिति सदस्यहरूको Read More
15-Jun-2026
आर्थिक वर्ष २०८३/८४ को अन्तरक्रिया कार्यक्रम
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूको अध्यक्षता तथा आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत श्री टिकाप्रसाद चौलागाइ ज्यूको उपस्थितिमा सङ्घको सभाहलमा आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मूल्य अभिवृद्धि कर (मु.अ.कर), अन्तःशुल्क लगायत विभिन्न करसम्बन्धी व्यवस्था, संशोधन तथा छुट सुविधाबारे जानकारीमूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो।उक्त कार्यक्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष श्री माधव राजपालज्यू, उपाध्यक्ष श्री आशिषकुमार लाठज्यू, महासचिव श्री शिवजीप्रसादज्यू, कार्यसमिति सद Read More
03-Jun-2026
Startup and Innovation) सम्बन्धी विषयमा पत्र हस्तान्तरण
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद गौतमज्यूले मधेश प्रदेशका मुख्य मन्त्री माननीय कृष्णकुमार यादव तथा उद्योग मन्त्री कनिष्क पटेल लाई उहाँहरूको सभाकक्षमा भेटघाट गरी (Startup and Innovation) सम्बन्धी विषयमा पत्र हस्तान्तरण गर्नुभयो। उक्त अवसरमा सङ्घका स्टार्टअप तथा नवप्रवर्द्धन समितिका संयोजक एवम सह-सचिव अनुप अग्रवाल तथा प्रशासकीय अधिकृत मनोज उपाध्यायको उपस्थिति रहेको थियो Read More
21-May-2026
महावाणिज्य दूतावासका नवआगन्तुक कन्सुलर श्री मनिष दुधपुरीज्यूसँग भेटघाट
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूको अध्यक्षतामा सङ्घमा महावाणिज्य दूतावासका नवआगन्तुक कन्सुलर श्री मनिष दुधपुरीज्यूसँग भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा सङ्घका अध्यक्षज्यूले दुधपुरीज्यूलाई वीरगञ्जमा हार्दिक स्वागत गर्दै सङ्घ र महावाणिज्य दूतावासबीच आपसी समन्वय, सहकार्य तथा व्यापार–व्यवसाय प्रवर्द्धनका विषयमा छलफल गर्नुभयो । उक्त कार्यक्रममा सङ्घका निवर्तमान अध्यक्ष श्री अनिलकुमार अग्रवालज्यू, ब.उपाध्यक्ष श्री माधव राजपालज्यू, उपाध्यक्ष श्र Read More
10-May-2026
रामपुर उद्योग वाणिज्य सङ्घका पदाधिकारी एवं कार्यसमिति सदस्यज्यूहरूसँग भेटघाट तथा छलफल
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूको अध्यक्षता तथा रामपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री भोजेन्द्र प्रसाद ढकालज्यूको प्रमुख आतिथ्यतामा सङ्घको सभाहलमा रामपुर उद्योग वाणिज्य सङ्घका पदाधिकारी एवं कार्यसमिति सदस्यज्यूहरूसँग भेटघाट तथा छलफल कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो। उक्त छलफल कार्यक्रममा संघका अध्यक्षज्यूले वीरगञ्ज उद्योग वाणिज्य सङ्घका ऐतिहासिक पृष्ठभूमिबारे जानकारी गराउँदै सङ्घले यस क्षेत्रका उद्योग व्यापारको प्रवर्द्धन र विकासमा पुर्‍याउँदै आएको भूमिकाबा Read More
23-Mar-2026
सभाहलमा पर्सा जिल्लाबाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्यज्यूहरू को सम्मान तथा अन्तरक्रिया कार्यक्रम
बीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूको अध्यक्षतामा सङ्घको सभाहलमा पर्सा जिल्लाबाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्यज्यूहरू—पर्सा क्षेत्र नं. १ का माननीय बुद्धि पन्तज्यू, क्षेत्र नं. २ का माननीय सुशील साहज्यू, क्षेत्र नं. ३ का माननीय रमाकान्त चौरसियाज्यू तथा क्षेत्र नं. ४ का माननीय टेकबहादुर शाक्यज्यू—को सम्मान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा अध्यक्षज्यूले सबै माननीय सदस्यज्यूहरूलाई स्वागत गर्दै पर्सा जिल्लाको समग्र आर्थिक ,सा Read More