Home ChamberActivity
ChamberActivity
6/5/2025 4:00:00 PM
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आयोजनामा, तथा बीरगञ्ज उद्योग वाणिज्य सङ्घको सह आयोजनामा, नेपाल इन्टरमोडल यातायात विकास समिति को संचार रणनीति विषयक छलफल तथा अन्तर्क्रिया कार्यक्रम सङ्घको सभाहलमा सम्पन्न भयो।कार्यक्रममा बीरगञ्ज उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष श्री माधव राजपालज्यूले इन्टरमोडल विकास समितिले अपनाउनुपर्ने संचार रणनीतिका विविध पक्षबारे प्रकाश पर्नु भएको थियो । छलफल कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी श्री सुमनकुमार कार्कीज्यू, बीरगञ्ज सुक्खा बन्दरगाहका प्रमुख भन्सार अधिकृत श्री धनबहादुर बडुवालज्यू, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक श्री गौतम मिश्रज्यू, सशस्त्र प्रहरी बल पर्साका प्रहरी उपरीक्षक श्री राधेश्याम धिमालज्यू, नेपाल आर्थिक पत्रकार सङ्घका निवर्तमान अध्यक्ष श्री मोदनाथ ढकालज्यू, सङ्घका महासचिव श्री शिवजीप्रसाद शाहज्यू, कोषाध्यक्ष श्री अनुज रुंगटाज्यू, TRS Himalaya logicpark का सि.ई.ओ श्री गणेश घिमिरेज्यू, महाप्रबन्धक श्री सुवास सुवेदीज्यू ,प्रिस्टिन भेलीका अतुल शर्मा र विकाश शर्माज्यू,उद्योगी व्यवसायी साथै नेपाल इन्टरमोडलका प्रतिनिधिज्यूहरुको सहभागिता रहेको थियो।