वीरगञ्ज महानगरापालिका नगरप्रमुख श्री राजेशमान सिंहज्यू संग भेटघाट
वीरगञ्ज महानगरापालिका नगरप्रमुख श्री राजेशमान सिंहज्यू संग वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूको नेतृत्वमा गएको एक टोलीले वहाँकै कार्यकक्षमा छलफल तथा भेटघाट गरको छ ।
नगर प्रमुख श्री राजेशमान सिंहज्यू र संघका अध्यक्ष हरिप्रसाद गौतमज्यूवाट वैभव वीरगंज, समुन्नत, स्वच्छ, समृद्ध महानगर निर्माणमा संस्थागत सहकार्यका लागि प्रतिबद्धता समेत व्यक्त गरेको छ ।
कार्यक्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष श्री माधव राजपाज्यू, महासचिव श्री शिवजीप्रसाद साह कलवारज्यू, कोषाध्यक्ष श्री अनोज रुँगटाज्यू, सचिव द्वय श्री प्रेमचन्द्र गोयलज्यू, सुशान्त चाचानज्यू, सह–कोषाध्यक्ष श्री निरज अग्रवालज्यू, सह–सचिव द्वय श्री नरेशकुमार अग्रवाल टिवडेवालज्यू, श्री अनुप अग्रवालज्यूका साथै सङ्घका प्रशासकिय अधिकृत श्री मनोज उपाध्यायज्यूको उपस्थिती रहेको थियो ।