ChamberActivity

5/3/2025 11:00:00 AM

स्थानीय खुद्रा व्यवसायीहरुको उपस्थितिमा एक अन्तरक्रिया कार्यक्रम

वीरगञ्ज उद्योग वाणिज्य सङ्घको आयोजनामा आज स्थानीय खुद्रा व्यवसायीहरुको उपस्थितिमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । उक्त अन्तरक्रिया कार्यक्रमका संयोजक वीरगञ्ज उद्योग वाणिज्य सङ्घका सह सचिव श्री नरेशकुमार टिवडेवालज्यूको संयोजकत्वमा भएको थियो । कार्यक्रमका प्रमुख अतिथि वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष श्री गोपाल केडियाज्यू रहनु भएको थियो । कार्यक्रममा सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यू, वरिष्ठ उपाध्यक्ष श्री माधव राजपालज्यू, महासचिव श्री शिवजीप्रसाद कलवारज्यू, कोषाध्यक्ष श्री अनोज रुङटाज्यू, सचिव श्री प्रेमचन्द्र गोयलज्यू, सह कोषाध्यक्ष श्री निरज अग्रवालज्यू, सह सचिव श्री अनुप अग्रवालज्यू तथा कार्यसमिति सदस्यज्यूहरू सहभागी हुनु भएको थियो। उक्त अन्तरक्रिया कार्यक्रममा सहभागी खुद्रा व्यवसायीहरुले आ आफ्ना क्षेत्रका पेशागत समस्या र कठिनाईहरुका बारे जानकारी गराएका थिए र उक्त व्यवसायीक कठिनाई र समस्याको निराकरण गर्नका लागि संस्थागत रुपमा पहल गर्नेकुरा सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यू, संयोजक श्री नरेश टिवडेवालज्यू, वरिष्ठ उपाध्यक्ष श्री माधव राजपालज्यू लगायतले प्रतिवद्धता जनाउनु भयो ।