Home ChamberActivity
ChamberActivity
6/4/2025 2:00:00 PM
खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयको आयोजनामा, विश्व खाद्य स्वच्छता दिवसको अवसरमा, सङ्घको सभाहलमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो। सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूको अध्यक्षतामा भएको खाद्य वस्तुको निकासी–पैठारीमा स्वच्छता तथा गुणस्तर व्यवस्थापनू विषयको कार्यक्रममा उद्योगी तथा व्यापारीज्यूहरूको सहभागिता रहेको थियो। कार्यक्रममा कार्यालय प्रमुख श्री विमल दाहालज्यूले खाद्य स्वच्छता सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यक्रममा खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयका कार्यालय प्रमुख श्री विमल दाहालज्यू, खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालयका कार्यालय प्रमुख श्री सुरेश सिंहज्यू, सङ्घका वरिष्ठ उपाध्यक्ष श्री माधव राजपालज्यू, उपाध्यक्ष श्री मनोजकुमार दासज्यू, महासचिव श्री शिवजी प्रसाद साहज्यू, कार्यसमिति सदस्यज्यूहरू साथै अन्य उद्योगी–व्यवसायीज्यूहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।