ChamberActivity

9/9/2024 12:00:00 AM

आशा किरण केन्द्रका सदस्यज्यूहरुसगँ बालबालिकाहरुमा सेरेब्रल पाल्सी, डाउन सिन्ड्रोम, अटिजम आदिका सम्बन्धमा जनचेतना जगाउन एक छलफल कार्यक्रम

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री अनिलकुमार अग्रवालज्यूको अध्यक्षतामा सङ्घमा आशा किरण केन्द्रका सदस्यज्यूहरुसगँ बालबालिकाहरुमा सेरेब्रल पाल्सी, डाउन सिन्ड्रोम, अटिजम आदिका सम्बन्धमा जनचेतना जगाउन एक छलफल कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा आशा किरण केन्द्र व्यवस्थापनका अध्यक्ष श्री सुनिल गुप्ताज्यू, संयोजक श्री नुतन सरावगीज्यू, सङ्घका उपाध्यक्ष श्री माधव राजपालज्यू, कोषाध्यक्ष श्री शिवजी प्रसाद साह कलवारज्यू, सचिव श्री प्रेमचन्द्र गोयलज्यू, सह कोषाध्क्ष श्री अनोज रुँगटाज्यू, सह सचिव द्वय श्री नरेश टिवडेवालज्यू, श्री निरज अग्रवालज्यू, सङ्घका कार्यसमिति सदस्यज्यूको साथै उद्योगी व्यवसायीज्यूहरुको उपस्थिति रहेको थियो ।