ChamberNews

12/13/2023 12:00:00 AM

दिवासी जनजाति र स्थानीय समुदायका लागि समर्पित अनुदान परियोजना कार्यान्वयनका लागि अभिमूखीकरण कार्यक्रम

आदिवासी जनजाति र स्थानीय समुदायका लागि समर्पित अनुदान परियोजना कार्यान्वयनका लागि अभिमूखीकरण कार्यक्रम मंगलबार वीरगञ्जकाे टाउन हलमा सम्पन्न भयाे । उक्त कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री अनिलकुमार अग्रवालज्यू, उपाध्यक्ष श्री माधव राजपालज्यू, महासचिव श्री आशिष लाठज्यू, र सङ्घका प्रशासकीय अधिकृत श्री मनोज उपाध्यायज्यूको उपस्थिति रहेको थियो । विश्व बैंक मार्फत जलवायु लगानी कोषको लगानी तथा समर्पित अनुदान संयन्त्रको संयोजनमा ग्रामिण पुर्ननिर्माण नेपालले आयोजना गरेको अभिमूखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

जलवायु परिवर्तनका कारण हुने असर र यसको नियन्त्रणका लागि वन संरक्षणमा आदिवासी जनजाति र स्थानीय समुदायलाई सहभागिताका लागि अभिमूखीकरण कार्यक्रमको आयोजना गरिएको परियोजनाका मधेस प्रदेश संयोजक मनोज सिंहले जानकारी दिनुभयो ।

पर्साको वीरगन्ज महानगरपालिका, पटेर्वा सुगौली र जगरनाथपुरमा समुदायका लागि समर्पित अनुदान कार्यक्रम सञ्चालन प्रभावकारी बनाउनका लागि आदिवासी जनजाति सम्वद्ध संस्था, साझेदारी र सामुदायिक वनसँग सम्बद्ध र स्थानीय समुदायका व्यत्तिहरुलाई अभिमूखीकरण कार्यक्रमको आयोजना गरिएको हो ।

आदिवासी जनजाति र स्थानीय समुदायहरूलाई समृद्धिका लागि वन, (FFP), REDD+ वन विनास र वन क्षयबाट उत्सर्जन घटाउने), र यस्तै अन्य जलवायु परिवर्तन उन्मुख कार्यक्रमहरूमा आफ्नो संलग्नतालाई सुदृढ पार्दै साथसाथै जीविकोपार्जन, भूमि प्रयोग, सुधार गर्न योगदान पुर्‍याउँनका लागि मधेश र लुम्बिनी प्रदेशका वनमा निर्भर समुदायको आम्दानी बढाएर आफ्नो क्षेत्रमा दिगो वन व्यवस्थापन गर्नका लागि परियोजना सञ्चालन गर्नका लागि प्रस्तावना आह्वान गर्न पहिलो चरणमा अभिमूखीकरण सम्पन्न भएको छ ।