ChamberActivity

12/6/2024 1:00:00 PM

“राजस्व चुहावट नियन्त्रण सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम”

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा. कृष्णहरि पुष्करज्यूको विशिष्ट उपस्थिति, राजस्व अनुसन्धान कार्यालय पथलैयाको आयोजनामा तथा वीरगञ्ज उद्योग वाणिज्य सङ्घको सह आयोजनामा, जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी श्री गणेश अर्यालज्यूको अध्यक्षता र वीरगञ्ज उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूको उपस्थितिमा सङ्घको सभाहलमा “राजस्व चुहावट नियन्त्रण सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम” सम्पन्न भयो। उक्त कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष श्री माधव राजपालज्यू, महासचिव श्री आशिषकुमार लाठज्यू, सचिव श्री प्रेमचन्द्र गोयलज्यू, सह सचिव द्वय श्री नरेशकुमार टिवडेवालज्यू, श्री निरज अग्रवालज्यू, सङ्घका कार्यसमिति सदस्यज्यू, विभिन्न सरकारी कार्यालयका प्रमुखज्यू, उद्योगी व्यपारीका साथै सञ्चारकर्मीज्यूको उपस्थिति रहेको थियो ।