ChamberActivity

12/28/2024 12:00:00 PM

"राष्ट्रिय अर्थतन्त्र: तीव्र दबाब र प्रभाव, अब निकास के?" विषयक सरकारी, सार्वजनिक, र निजी क्षेत्रबीचको वृहत अन्तरक्रिया

एभिन्यूज टेलिभिजनको आयोजनामा र वीरगञ्ज उद्योग वाणिज्य संघको सहकार्यमा संघको सभाहलमा माननीय अर्थमन्त्री विष्णु प्रसाद पौडेलज्यूको प्रमुख आतिथ्य र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीज्यूको विशेष उपस्थितिमा "राष्ट्रिय अर्थतन्त्र: तीव्र दबाब र प्रभाव, अब निकास के?" विषयक सरकारी, सार्वजनिक, र निजी क्षेत्रबीचको वृहत अन्तरक्रियात्मक प्रत्यक्ष टेलिभिजन बहस कार्यक्रम सम्पन्न भयो।
उक्त कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख श्री राजेशमान सिंहज्यू, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष श्री अनिलकुमार अग्रवालज्यू, अर्थशास्त्री श्री अच्युत वाग्लेज्यू, संघका वरिष्ठ उपाध्यक्ष श्री हरिप्रसाद गौतमज्यू, उपाध्यक्ष द्वय श्री माधव राजपालज्यू र श्री मनोजकुमार दासज्यू, महासचिव श्री आशिषकुमार लाठज्यू, सचिव द्वय श्री प्रेमचन्द्र गोयलज्यू र श्री निरजकुमार अग्रवालज्यू, श्री नरेशकुमार टिवडेवालज्यू, पूर्व अध्यक्ष द्वय श्री अशोककुमार वैद्यज्यू र श्री गणेश लाठज्यू, संघका कार्यसमिति सदस्यज्यूहरू, उद्योगी-व्यवसायीहरू तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमले सरकारी, सार्वजनिक, र निजी क्षेत्रबीचको समन्वय तथा राष्ट्रिय अर्थतन्त्रका जटिल चुनौतीहरूको समाधानबारे गहन बहस र विचार आदान-प्रदान गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्यो।