Home ChamberActivity
ChamberActivity
1/3/2025 4:00:00 PM
बीरगंज उद्योग वाणिज्य सङ्घको आयोजना, शिक्षा तथा संस्कृति मन्त्रालय मधेस प्रदेशको समन्वय तथा सिप विकास एकाइ HELVETAS को सहकार्यमा, बीरगंज उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूको सभापतित्वमा बारा र पर्सा जिल्लाका उद्योगीहरूको लागि औद्योगिक परीक्षार्थी तालिम नामक अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा बीरगंज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष श्री मनोज कुमार दासज्यू, कोषाध्यक्ष श्री शिवजी प्रसाद कलवारज्यू, महासचिव श्री आशिष लाठज्यू, HELVETAS ENSSURE, मधेस प्रदेशका प्राविधिक संयोजक श्री भरत शाहनीज्यू, सङ्घका कार्यसमिति सदस्यज्यूहरू तथा उद्योगी व्यापारीज्यूहरूको बृहत उपस्थिति रहेको थियो। उक्त अभिमुखीकरण कार्यक्रमको मुख्य उद्देश्य बारा र पर्सा जिल्लाका बेरोजगार युवाहरूलाई २ बर्षे सिप मूलक तालिम प्रदान गर्ने रहेको छ।