ChamberActivity

1/15/2025 3:00:00 PM

बारा र पर्सा जिल्लाका ट्रेड युनियनका प्रतिनिधिहरूसँग छलफल

बारा र पर्सा जिल्लाका उद्योगहरूमा देखिएका समस्या र तिनको समाधानका विषयमा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष श्री अनिल कुमार अग्रवालज्यूको अध्यक्षतामा संघमा एक  छलफल कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा बारा र पर्सा जिल्लाका ट्रेड युनियनका प्रतिनिधिहरूसँग छलफल गरियो। कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष श्री हरिप्रसाद गौतमज्यू, उपाध्यक्षद्वय श्री माधवराज पालज्यू र श्री मनोजकुमार दासज्यू, सचिव श्री प्रेमचन्द्र गोयलज्यू, कार्यसमिति सदस्य श्री सुरेशकुमार रूँगटाज्यू, औद्योगिक मजदुर संघका अध्यक्ष श्री बेनी तिमिल्सिनाज्यू, समग्र उद्योग ट्रेड युनियनका अध्यक्ष श्री आनन्द थामीज्यू, नेपाल कारखाना श्रमिक संघका अध्यक्ष श्री अमृतलाल जोशीज्यू, तथा नेपाल ट्रेड युनियन पर्सा समितिका अध्यक्ष श्री छोटेलाल प्रसादज्यूको पनि सक्रिय उपस्थिति थियो। छलफलका क्रममा  मर्जदुर र उद्योगबीचको समन्वय, श्रम समस्या समाधान, औद्योगिक क्षेत्रको दिगो विकास र समग्र आर्थिक प्रगतिको विषयमा सुझाव र प्रस्तावहरू प्रस्तुत भयो ।