Home ChamberActivity
ChamberActivity
2/6/2025 3:00:00 AM
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री अनिलकुमार अग्रवालज्यूको अध्यक्षतामा पदाधिकारी टोलीले बारा जिल्लाका नवआगन्तुक प्रहरी उपरीक्षक श्री सन्तोष तामाङज्यूलाई वहाँकै सभाकक्षमा पुगेर स्वागत तथा छलफल गर्नुभयो । उक्त कार्यक्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष श्री हरिप्रसाद गौतमज्यू, उपाध्यक्ष श्री माधव राजपालज्यू, कोषाध्यक्ष श्री शिवजीप्रसाद कलवारज्यू, सचिव श्री प्रेमचन्द्र गोयलज्यू, सह(कोषाध्यक्ष श्री अनोज रुँगटाज्यू तथा सञ्चारकर्मी श्री प्रणय कुमारज्यूको उपस्थिति रहेको थियो। छलफलका क्रममा उद्योगी व्यवसायीहरूले बारा र पर्सा जिल्लामा सीमा सुरक्षा तथा व्यवसायिक गतिविधिमा आइपर्ने चुनौतीबारे प्रहरी उपरीक्षकज्यूसँग छलफल भयो।