Home ChamberActivity
ChamberActivity
9/30/2026 11:00:00 AM
बीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूको सभापतित्वमा बीरगञ्जस्थित टाउनहलमा पूर्व प्रधानमन्त्रीद्वय सम्माननीय पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यू र सम्माननीय माधवकुमार नेपालज्यूसँग भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भयो।
उक्त भेटघाट तथा छलफल कार्यक्रममा सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूले उद्योगी–व्यवसायीहरूले लामो समयदेखि भोग्दै आएका विभिन्न समस्या तथा चुनौतीहरूबारे जानकारी गराउँदै उधारो कारोबारसम्बन्धी कानुन बनाउनुपर्ने र उक्त कानुनलाई प्रभावकारी कार्यान्वयनमा ल्याउनु पर्ने, कबाडी कर, सवारी कर लगायतका विषयहरूलाई प्राथमिकताका साथ उठान गर्नुभयो। साथै, उद्योग तथा व्यापार क्षेत्रको प्रवर्द्धन, लगानीको वातावरण निर्माण तथा निजी क्षेत्रले भोग्दै आएका अन्य विविध समस्याहरूका सम्बन्धमा समेत बुँदागत रूपमा जानकारी गराउँदै समाधानका लागि आवश्यक पहल गर्न आग्रह गर्नुभयो।
कार्यक्रममा बीरगञ्ज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष श्री मनोजकुमार दासज्यू, महासचिव श्री शिवजीप्रसादज्यू, सचिव श्री प्रेमचन्द्र गोयलज्यू, कार्यसमिति सदस्य श्री पन्नालाल शाहज्यू, श्री आनन्द चौधरीज्यू तथा सङ्घका आईटी प्रमुख श्री खडक रावलज्यूको समेत उपस्थिति रहेको थियो।