ChamberActivity

9/27/2026 4:00:00 PM

बीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूको नेतृत्वमा गएको एकसिष्ट मण्डलले आज परवानीपुर स्थित ब्रिटानिया इन्डस्ट्रिजको स्थलगत अवलोकन गर्नुभयो। उक्त अवसरमा ब्रिटानिया इन्डस्ट्रिजका प्रबन्धक श्री सञ्जीव बन्सलज्यूले उद्योगको उत्पादन प्रक्रियादेखि वर्तमान अवस्थाका बारेमा जानकारी गराउनुभयो। उक्त कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष श्री माधव राजपालज्यू, उपाध्यक्ष श्री मनोज कुमार दासज्यू, महासचिव श्री शिवजीप्रसादज्यू, कोषाध्यक्ष श्री अनाेज रुङटा ज्यू, सचिव श्री प्रेमचन्द्र गोयलज्यू, सहकोषाध्यक्ष श्री निरज अग्रवालज्यूका साथै  श्री मनोज उपाध्यायज्यूको उपस्थिति रहेको थियो।