ChamberNews

11/3/2023 12:00:00 AM

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसँग भेटघाट तथा छलफल

वीरगञ्ज, १३ भदौ/
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसँग वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पदाधिकारी, कार्यसमिति सदस्यहरुले आज एक समारोहका बीच स्थानीय होटल भिष्वामा भेटघाट तथा छलफल गरेका छन् । 

स्वागत मन्तव्यका क्रममा सङ्घका अध्यक्ष अनिलकुमार अग्रवालले तत्कालीन सशस्त्र प्रहरी उपरीक्षक स्व. सुमन थपलियाको स्मृतिमा २ लाख रकमको अक्षय कोषको स्थापना गरिने र अक्षय कोषको परिचालन पछि बन्ने निर्देशिका बमोजिम गरिने बताउनुभयो । सुमन थपलिया एक असल, इमान्दार र कर्तव्यनिष्ठ प्रहरी अधिकृतका रुपमा पर्सामा छोटो समयमैं आफ्नो पहिचान बनाउन सफल हुनु भएको कुरा अध्यक्ष अग्रवालले बताउनुभयो । उहाँले सिमावर्ती क्षेत्रमा खटिएका सशस्त्र प्रहरीहरुलाई अभिमुखीकरण कार्यक्रमको आयोजना गरी बिल बिजक, प्रज्ञापन पत्र लगायतका आधारभूत विषयहरुका बारेमा जानकारी गराउन, औद्योगिक सुरक्षा बलको पुनःस्थापना गर्न, स्थलगत भारतीय पर्यटकहरुलाई सहजीकरण गर्न, भारतीय पर्यटकहरुको सहजीकरणको लागि सिमामा आधिकारिक मुद्रा सटही काउन्टरको व्यवस्था गर्न, डिजिटल सेक्युरिटीको व्यवस्था गर्न आग्रह गर्नुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले वीउवासङ्घद्वारा प्राप्त सुझावलाई आपूmले गम्भीरतापूर्वक लिएको बताउनुभयो । उहाँले वीरगञ्ज आर्थिक र व्यापारिक नगरी भएकोले यसको गम्भीरतालाई मध्यनजर गर्दै सोही अनुरुपको सुरक्षा व्यवस्था मिलाउन सशस्त्र प्रहरी सङ्गठन प्रतिबद्ध रहेको बताउनु भयो । उहाँले सिमावर्ती क्षेत्रमा खटिएका सशस्त्र प्रहरीहरुलाई बिल बिजक, प्रज्ञापन पत्र लगायतका आधारभूत विषयहरुका बारेमा जानकारी गराउनका लागि सिमावर्ती क्षेत्रका उद्योग वाणिज्य सङ्घहरुको सहकार्यमा सचेतनामूलक कार्यक्रमको आयोजना गरिने बताउनुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अशोककुमार टेमानी, वीउवासङ्घका निवर्तमान अध्यक्ष डा. सुबोधकुमार गुप्ता, पूर्व अध्यक्ष प्रदीपकुमार केडिया, पूर्व अध्यक्ष अशोककुमार वैध, उपाध्यक्ष मनोजकुमार दास लगायतका सहभागीहरुले शान्ति सुरक्षाका सम्बन्धमा आ–आफ्नो धारणा राख्नु भएको थियो ।

कार्यक्रममा सशस्त्र प्रहरी नायब महानिरीक्षक दिपेन्द्र शाह, सङ्घका वरिष्ठ उपाध्यक्ष हरि गौतम, उपाध्यक्षद्वय माधव राजपाल र मनोजकुमार दास, कोषाध्यक्ष शिवजीप्रसाद साह लगायत उद्योगी, व्यवसायीहरुको वृहत उपस्थिति रहेको उक्त कार्यक्रमको सहजीकरण सङमहासचिव आशिषकुमार लाठले गर्नु भएको थियो ।