Home ChamberActivity
ChamberActivity
4/18/2025 1:43:00 PM
नेपाल सरकारको अर्थ मन्त्रालय र राजस्व परामर्श समितिको आयोजनामा, तथा वीरगञ्ज उद्योग वाणिज्य सङ्घ र जीतपुर सिमरा नगर उद्योग वाणिज्य सङ्घको सह–आयोजनामा सिमरास्थित होटल इच्छा हाेटलमा पूर्व–बजेट सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा नेपाल सरकारका राजस्व सचिव श्री दिनेश कुमार घिमिरेज्यू प्रमुख अतिथि रहनु भएको थियो । उक्त कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यू, निवर्तमान अध्यक्ष श्री अनिलकुमार अग्रवालज्यू, पूर्व अध्यक्षहरू श्री प्रदीप केडियाज्यू, श्री ओमप्रकाश शर्माज्यू, श्री अशोक टेमानीज्यू, डा. सुबोधकुमार गुप्ताज्यू, बरिष्ठ उपाध्यक्ष श्री माधव राजपालज्यू, उपाध्यक्ष श्री आशिष लाठज्यू, महासचिव श्री शिवजीप्रसाद कलवारज्यू, कोषाध्यक्ष श्री अनेज रुँगटाज्यू, सचिव श्री प्रेमचन्द्र गोयलज्यू, सह–कोषाध्यक्ष श्री निरज अग्रवालज्यू, जीतपुर सिमरा नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री मोहन शर्माज्यू, भन्सार विभागका महानिर्देशकज्यू, आन्तरिक राजस्व विभागका महानिर्देशकज्यू, सङ्घका कार्यसमिति सदस्यज्यू, उद्योगी–व्यवसायी तथा सञ्चारकर्मीहरूको गरिमामय उपस्थिति रहेको थियो।। उक्त कार्यक्रममा राज्यले पर्सा र बाराबाट करोडौँ राजस्व सङ्कलन गर्ने गरेको भएपनि भौतिक पूर्वाधार निर्माणमा उक्त क्षेत्र उपेक्षामा परेको व्यवसायीहरुकाे गुनासो रहेको थियो।