Home ChamberNews
ChamberNews
9/24/2023 12:00:00 AM
भन्सारबाट जाँचपास भई गन्तव्य हिडेका मालवाहक सवारी साधानलाई अकारण राजश्व अनुसंधानमा पठाउने गरेको कार्य प्रति उद्योगी व्यवसायीहरु आहत भएको कारण राजश्व अनुसंधान कार्यालयका प्रमुखज्यूलाई सङ्घमा आमन्त्रणा गरी उक्त समस्याबाट अवगत गराउनु भएको थियो ।
सङ्घका अध्यक्ष श्री अनिलकुमार अग्रवालज्यूको अध्यक्षतामा तथा राजश्व अनुसंधान कार्यालय, पथलैयाका प्रमुख श्री प्रेम देवकोटाज्यूको प्रमुख आतिथ्यतामा छलफल तथा अन्तरक्रिया सम्पन्न भएको कार्यक्रममा राजश्व अनुसन्धान कार्यालयका अधिकृत श्री नारायण खत्रीज्यू, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घ, मधेश प्रदेशका अध्यक्ष श्री अशोककुमार टेमानीज्यू, पूर्वअध्यक्ष श्री गणेशप्रसाद लाठज्यू, सङ्घका वरिष्ठ उपाध्यक्ष श्री हरिप्रसाद गौतमज्यू, उपाध्यक्ष द्वय श्री माधव राजपालज्यू, श्री मनोजकुमार दासज्यू, महासचिव श्री आशिषकुमार लाठज्यू, कोषाध्यक्ष श्री शिवजीप्रसाद साहज्यू, सह–कोषाध्यक्ष श्री अनोज रुँगटाज्यू, सहसचिव द्वय श्री नरेशकुमार टिवडेवालज्यू, श्री निरज अग्रवालज्यूका साथै कार्यसमिति सदस्यहरु, उद्योगी व्यवसायीहरुको उपस्थिती रहेको थियो ।