ChamberActivity

1/21/2026 11:00:00 AM

रोजगारमुखी सीप विकास तालिमहरूको समापन कार्यक्रम

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूको अध्यक्षता तथा वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री अरबिन्दलाल कर्णज्यूको प्रमुख आतिथ्यतामा वीरगञ्ज महानगरपालिकाका गरिब तथा बेरोजगार युवा–युवतीहरूलाई लक्षित गरी सञ्चालन गरिएका रोजगारमुखी सीप विकास तालिमहरूको समापन कार्यक्रम सङ्घको सभाहलमा सम्पन्न भयो।
अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूले युवाहरूमा सीप र दक्षता अभिवृद्धि गरी स्थानीय स्तरमै रोजगारी सिर्जना गर्न सङ्घले प्राथमिकताका साथ यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी गराउनुभयो। उहाँले तालिम प्राप्त युवाहरूले सिकेका सीपलाई व्यवहारमा उतारी आत्मनिर्भर जीवनयापनतर्फ अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो। उक्त तालिम कार्यक्रम अन्तर्गत इलेक्ट्रिकल रिपेयरिङ, प्लम्बिङ, एडभान्स फेशन डिजाइनिङ तथा मोटर रिवाइन्डिङ सम्बन्धी रोजगारमुखी तालिमहरू सञ्चालन गरिएको थियो । कार्यक्रमको अन्त्यमा तालिम सफलतापूर्वक सम्पन्न गर्ने सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो ।