ChamberActivity

7/5/2026 11:00:00 AM

प्रदेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री माननीय श्री कनिश पटेलज्यूसँग भेटघाट तथा छलफल कार्यक्रम

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूको अध्यक्षतामा सङ्घको सभाहलमा मधेश प्रदेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री माननीय श्री कनिश पटेलज्यूसँग भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भयो।उक्त अवसरमा अध्यक्ष श्री गौतमज्यूलेउद्योग तथा व्यापारमैत्री वातावरण निर्माण, लगानी प्रवर्द्धन, पर्यटन विकास तथा उद्यमशीलताको विस्तारका लागि प्रदेश सरकार र निजी क्षेत्रबीच थप प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको विषयमा समेत छलफल भएको थियो। उक्त कार्यक्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष श्री माधव राजपालज्यू, उपाध्यक्ष श्री मनोजकुमार दासज्यू, महासचिव श्री शिवजीप्रसाद साहज्यू, सचिव श्री प्रेमचन्द्र गोयलज्यू, सहकोषाध्यक्ष श्री निरज अग्रवालज्यू तथा सहसचिव श्री अनुप अग्रवालज्यूको उपस्थिति रहेको थियो।