Home ChamberActivity
ChamberActivity
1/28/2026 10:32:00 AM
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूको अध्यक्षतामा सङ्घको सभाहलमा पर्साका सशस्त्र प्रहरी उपरीक्षक श्री पूर्ण चन्द्र भट्टज्यूको विदाई कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा अध्यक्षज्यूले प्रहरी उपरीक्षकज्यूको कार्यकालको दौरानमा गरेको उल्लेखनीय र महत्वपूर्ण कार्यहरूको उच्च प्रशंसा गर्दै धन्यवाद ज्ञापन गर्नुभयो। उपरीक्षकज्यूले पनि आफ्नो सेवाकालमा उद्योग वाणिज्य क्षेत्रसँग समन्वयमा रहेर गरेका कार्यहरू स्मरण गर्दै सङ्घप्रति आभार प्रकट गर्नुभयो। उक्त कार्यक्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष श्री माधव राजपालज्यू, उपाध्यक्ष श्री आशिषकुमार लाठज्यू, महासचिव श्री शिवजीप्रसाद साहज्यू, कोषाध्यक्ष श्री अनोज रुँगटाज्यू, सचिव श्री प्रेमचन्द्र गोयलज्यू, सह कोषाध्यक्ष श्री निरज अग्रवालज्यू का साथै सङ्घका कार्यसमिति सदस्यज्यूको उपस्थिति रहेको थियो ।