Home ChamberActivity
ChamberActivity
2/4/2026 11:00:00 AM
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूको अध्यक्षतामा सङ्घको सभाहलमा पर्साका नव अगान्तुक सशस्त्र प्रहरी उपरीक्षक श्री मोहन बहादुर क्षेत्रीज्यूसँग भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भयो। कार्यक्रमका क्रममा अध्यक्ष श्री गौतमज्यूले सशस्त्र प्रहरी उपरीक्षक क्षेत्रीज्युलाई वीरगञ्जमा हार्दिक स्वागत गर्दै उहाँको सुरक्षा व्यवस्थापन तथा अवैध व्यापार नियन्त्रणमा रहने भूमिकाको उच्च सराहना गर्दै उहाँले आगामी दिनहरूमा सङ्घ र सुरक्षा निकायबीच अझ सुमधुर तथा प्रभावकारी समन्वय कायम हुने अपेक्षा व्यक्त गर्नुभयो। उक्त कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष श्री अनिल कुमार अग्रवालज्यू, वरिष्ठ उपाध्यक्ष श्री माधव राजपालज्यू, उपाध्यक्ष श्री आशिष कुमार लाठज्यू, महासचिव श्री शिवजीप्रसाद ज्यू, कोषाध्यक्ष श्री अनाेज रुङ्गटाज्यू, सहसचिव श्री प्रेमचन्द्र गोयल ज्यू, सहकोषाध्यक्ष श्री निरज अग्रवालज्यू का साथै संघका कार्य समिति सदस्यज्यूको उपस्थिति रहेको थियो।