ChamberActivity

2/5/2026 11:00:00 AM

उद्योग सचिव श्री मधुसुदन बुर्लाकोटीज्यूसँग भेटघाट

सङ्घीय सरकारका उद्योग सचिव श्री मधुसुदन बुर्लाकोटीज्यूसँग वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूको अध्यक्षतामा सङ्घको सभाहलमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रममा सङ्घका पूर्व अध्यक्ष श्री प्रदीप केडियाज्यू, डा, सुबोधकुमार गुप्ताज्यू, निवर्तमान अध्यक्ष श्री अनिलकुमार अग्रवालज्यू, वरिष्ठ उपाध्यक्ष श्री माधव राजपालज्यू, उपाध्यक्ष श्री आशिषकुमार लाठज्यू, महासचिव श्री शिवजीप्रसाद शाहज्यू, सहसचिव श्री अनुप अग्रवालज्यू लगायत अन्य उद्योगी–व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।