Home ChamberActivity
ChamberActivity
3/23/2026 4:00:00 PM
बीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूको अध्यक्षतामा सङ्घको सभाहलमा पर्सा जिल्लाबाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्यज्यूहरू—पर्सा क्षेत्र नं. १ का माननीय बुद्धि पन्तज्यू, क्षेत्र नं. २ का माननीय सुशील साहज्यू, क्षेत्र नं. ३ का माननीय रमाकान्त चौरसियाज्यू तथा क्षेत्र नं. ४ का माननीय टेकबहादुर शाक्यज्यू—को सम्मान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रममा अध्यक्षज्यूले सबै माननीय सदस्यज्यूहरूलाई स्वागत गर्दै पर्सा जिल्लाको समग्र आर्थिक ,सामाजिक, धार्मिकका साथै पर्यटन विकासका लागि आपसी समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो। साथै, सङ्घका वरिष्ठ उपाध्यक्ष श्री माधव राजपालज्यूले पर्सा जिल्लामा भन्सार क्षेत्रमा देखिएका जटिलता, शिक्षा क्षेत्रमा रहेका चुनौतीहरू तथा अन्य समसामयिक समस्याहरूका विषयमा विस्तृत रूपमा धारणा राख्दै समाधानका लागि सम्बन्धित निकायसँग पहल गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उक्त अन्तरक्रिया कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्षज्यू, पदाधिकारीज्यू, कार्यसमितिज्यू का साथै उद्योगी व्यवसायीज्यूहरूको बृहत उपस्थिति रहेको थियो ।