ChamberActivity

5/10/2026 11:03:00 AM

रामपुर उद्योग वाणिज्य सङ्घका पदाधिकारी एवं कार्यसमिति सदस्यज्यूहरूसँग भेटघाट तथा छलफल

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूको अध्यक्षता तथा रामपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री भोजेन्द्र प्रसाद ढकालज्यूको प्रमुख आतिथ्यतामा सङ्घको सभाहलमा रामपुर उद्योग वाणिज्य सङ्घका पदाधिकारी एवं कार्यसमिति सदस्यज्यूहरूसँग भेटघाट तथा छलफल कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो। उक्त छलफल कार्यक्रममा संघका अध्यक्षज्यूले वीरगञ्ज उद्योग वाणिज्य सङ्घका ऐतिहासिक पृष्ठभूमिबारे जानकारी गराउँदै सङ्घले यस क्षेत्रका उद्योग व्यापारको प्रवर्द्धन र विकासमा पुर्‍याउँदै आएको भूमिकाबारे बताउनुभयो । उक्त कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका महासचिव श्री शिवजीप्रसाद शाहज्यू, सचिव श्री प्रेमचन्द्र गोयलज्यू, सहसचिव श्री अनुप अग्रवालज्यू लगायत पदाधिकारीहरूको उपस्थिति रहेको थियो। साथै रामपुर उद्योग वाणिज्य सङ्घका पदाधिकारी तथा कार्यसमिति सदस्यज्यूहरूको विशेष सहभागिता रहेको थियो।