Home ChamberNews
ChamberNews
5/18/2026 1:36:00 PM
नेपाल उद्योग वाणिज्य महासङ्घकाे आयोजना तथा अन्तर्राष्ट्रिय श्रम संगठन (ILO)-Strengthening of Employment Service Centre (SESC) Project को सहयाेगमा वीरगञ्जस्थित होटल कैलाशमा “Strengthening of Employment Service Centre in Nepal (SESC)” सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपालमा प्रभावकारी रोजगार सेवा केन्द्र सञ्चालनमा सहयोग पुर्याउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यू ,सङ्घका कार्यसमिति सदस्य श्री युवराज सुवेदीज्यू तथा सङ्घका प्रशासकीय अधिकृत श्री मनोज उपाध्यायज्यूको उपस्थिति रहेको थियो।