ChamberNews

8/20/2026 1:26:00 PM

“नेपाली महको उत्पादन, गुणस्तर तथा बजार विस्तार” विषयक बहु - सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम

नेपाल मौरीपालक महासङ्घ, मधेस प्रदेशको आयोजना तथा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, जनकपुरधामको समन्वयमा महोत्तरीको बर्दिबासमा “नेपाली महको उत्पादन, गुणस्तर तथा बजार विस्तार” विषयक बहु - सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रममा बीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यू, कार्यसमिति सदस्य श्री पन्नालाल साहज्यू तथा सङ्घका प्रशासकीय अधिकृत श्री मनोज उपाध्यायज्यूको विशेष उपस्थिति रहेको थियो।