ChamberNews

6/8/2026 3:50:00 PM

;"rgf k|ljlw tyf :6f6{ck Joj;fo k|bz{gL sfo{qmd

राष्ट्रिय युवा परिषद्, सानोठिमी भक्तपुरको आयोजना तथा वीरगञ्ज उद्योग वाणिज्य सङ्घ र वीरगञ्ज महानगरपालिकाको समन्वयमा वीरगञ्जस्थित टाउन हलमा मधेश प्रदेशस्तरीय युवाद्वारा उत्पादित सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय प्रदर्शनी कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूले यस प्रकारका कार्यक्रमहरूले युवाहरूमा उद्यमशीलता, नवप्रवर्तन तथा सूचना प्रविधिप्रतिको आकर्षण अभिवृद्धि गर्दै स्वरोजगार र आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नु भयो । प्रदर्शनीमा सूचना प्रविधि तथा स्टार्टअप क्षेत्रसँग सम्बन्धित १४ वटा स्टलहरू सहभागी रहेका थिए। कार्यक्रममा युवा उद्यमीहरूले आफ्ना नवप्रवर्तनात्मक उत्पादन, सेवा तथा व्यवसायिक अवधारणाहरू प्रस्तुत गरेका थिए। साथै, उत्कृष्ट प्रदर्शन गर्ने सहभागीहरूलाई प्रोत्साहनस्वरूप पुरस्कार प्रदान गरिने व्यवस्था समेत रहेको छ।उक्त कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका सहकोषाध्यक्ष श्री निरज अग्रवालज्यू तथा स्टार्टअप समितिका संयोजक एवं सङ्घका सहसचिव श्री अनुप अग्रवालज्यूको उपस्थिति रहेको थियो।