ChamberNews

6/10/2026 11:00:00 AM

श्रम अडिट, पारिश्रमिक, व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम”

श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग, काठमाडौंको आयोजना तथा बीरगञ्ज उद्योग वाणिज्य सङ्घको सहकार्यमा सङ्घको सभाहलमा बीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूको प्रमुख आतिथ्यमा “श्रम अडिट, पारिश्रमिक, व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम” सम्पन्न भयो। उक्त कार्यक्रममा श्रम अडिटको आवश्यकता, श्रमिकहरूको पारिश्रमिक तथा सेवा–सुविधा, कार्यस्थलमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्यसम्बन्धी मापदण्डहरूको प्रभावकारी कार्यान्वयन लगायतका विषयमा विस्तृत छलफल गरिएको थियो। कार्यक्रममा सहभागी उद्योगी, व्यवसायी तथा सरोकारवालाहरूले श्रम कानुनको पालना, सुरक्षित तथा स्वस्थ कार्य वातावरण निर्माण, श्रमिक अधिकारको संरक्षण तथा उत्पादकत्व अभिवृद्धिका सम्बन्धमा आफ्ना जिज्ञासा, सुझाव तथा अनुभवहरू साझा गरेका थिए। कार्यक्रममा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका प्रतिनिधिहरू, उद्योगी–व्यवसायी, विभिन्न संस्थाका प्रतिनिधिहरू तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो