ChamberNews

6/19/2026 11:00:00 AM

“खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम”

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको आयोजना तथा वीरगञ्ज उद्योग वाणिज्य सङ्घको सहकार्यमा सङ्घको सभाहलमा खाद्य पदार्थका आयातकर्ता तथा निर्यातकर्ताहरूका लागि “खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम” सफलतापूर्वक सम्पन्न भयो। उक्त कार्यक्रममा बीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूले खाद्य पदार्थको आयात तथा निर्यातका क्रममा देखिएका विभिन्न समस्या, चुनौती तथा तिनका सम्भावित समाधानका विषयमा महत्वपूर्ण सुझावहरू प्रस्तुत गर्दै खाद्य स्वच्छता र गुणस्तर कायम राख्न सम्बन्धित निकाय तथा व्यवसायीबीच प्रभावकारी समन्वय आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। कार्यक्रममा वीरगञ्ज भंसार कार्यालयका प्रमुख भंसार प्रशासक श्री कृष्णप्रसाद मैनाली, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष श्री आशिषकुमार लाठज्यू, महासचिव श्री शिवजीप्रसाद शाहज्यू लगायत खाद्य पदार्थका आयातकर्ता तथा निर्यातकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।