ChamberActivity

6/25/2026 1:00:00 PM

नेपाल राष्ट्र बैंक, वीरगञ्जका निर्देशक संजीव कुमार झा सँग भेटघाट

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूको अध्यक्षतामा सङ्घको सभाहलमा नेपाल राष्ट्र बैंक, वीरगञ्जका निर्देशक संजीव कुमार झा सँग भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भयो।

उक्त कार्यक्रममा सङ्घका निवर्तमान अध्यक्ष अनिलकुमार अग्रवाल, वरिष्ठ उपाध्यक्ष माधव राजपाल, उपाध्यक्ष आशिषकुमार लाठ, महासचिव शिवजीप्रसाद साह, कोषाध्यक्ष अनोज रुँगटा, सचिवद्वय प्रेमचन्द्र गोयल तथा सुशान्त चाचान, सह–कोषाध्यक्ष निरज अग्रवाल, सह–सचिव नरेशकुमार टिवडेवाल लगायत सङ्घका कार्यसमिति सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।