ChamberActivity

6/26/2026 1:00:00 PM

“रोजगार मेला २०८३” सम्बन्धी पहिलो पत्रकार सम्मेलन

नेपाल उद्योग वाणिज्य महासङ्घ र वीरगञ्ज उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा वीरगञ्जमा आयोजना हुन गइरहेको एकदिने बृहत् “रोजगार मेला २०८३” सम्बन्धी पहिलो पत्रकार सम्मेलन सम्पन्न भएको छ। कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्षज्यूले रोजगार मेला २०८३ को उद्देश्य, महत्व तथा अपेक्षित उपलब्धिबारे विस्तृत जानकारी गराउँदै युवाहरूलाई स्वदेशमै रोजगारीका अवसर उपलब्ध गराउने, उद्योग तथा व्यवसाय क्षेत्रमा आवश्यक दक्ष जनशक्ति र रोजगार खोजिरहेका युवाबीच प्रत्यक्ष सम्पर्क स्थापित गर्ने तथा निजी क्षेत्रको रोजगारी सिर्जनामा रहेको भूमिकालाई थप सशक्त बनाउने लक्ष्यका साथ रोजगार मेलाको आयोजना गर्न लागिएको बताउनुभयो। उक्त कार्यक्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष श्री माधव राजपालज्यू, उपाध्यक्ष श्री अशिषकुमार लाठज्यू, सह सचिव श्री अनुप अग्रवालज्यू, नेपाल उद्योग वाणिज्य महासङ्घका सहायक निर्देशक श्री हरि पौडेलज्यूको साथै विभिन्न सञ्चारमाध्यमका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो