Home ChamberActivity
ChamberActivity
6/28/2026 1:00:00 PM
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूको अध्यक्षतामा सङ्घको सभाहलमा नेपाल युवा उद्यमी मञ्च (NYEF) का नवनिर्वाचित पदाधिकारीहरूको स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रममा सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूले नेपाल युवा उद्यमी मञ्च (NYEF) का नवनिर्वाचित अध्यक्ष श्री चन्दन सिंहज्यू तथा सम्पूर्ण पदाधिकारी एवं कार्यसमिति सदस्यहरूलाई स्वागत गर्दै युवा उद्यमीहरूको सक्रिय सहभागिताले निजी क्षेत्रको विकास तथा आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्दै वीरगञ्ज उद्योग वाणिज्य सङ्घ र (NYEF) बीच आगामी दिनहरूमा समेत आपसी सहकार्य, समन्वय र साझेदारीलाई थप सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो। उक्त कार्यक्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष श्री माधव राजपालज्यू, उपाध्यक्षद्वय श्री मनोज कुमार दासज्यू तथा श्री आशिषकुमार लाठज्यू, महासचिव श्री शिवजीप्रसाद साहज्यू, सह-सचिवद्वय श्री नरेशकुमार टिवडेवालज्यू तथा श्री अनुप अग्रवालज्यू, साथै सङ्घका कार्यसमिति सदस्यज्यूहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।