ChamberActivity

6/30/2026 3:00:00 PM

बीरगञ्ज महानगरपालिकाका नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत श्री बसन्त बहादुर बोहोराज्यूसँग भेटघाट तथा छलफल

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूको अध्यक्षतामा बीरगञ्ज महानगरपालिकाका नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत श्री बसन्त बहादुर बोहोराज्यूसँग भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भयो। उक्त भेटघाट तथा छलफल कार्यक्रममा वीरगञ्ज महानगरपालिका र निजी क्षेत्रबीच आपसी समन्वय, सहकार्य तथा साझेदारीलाई अझ प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल भएको थियो। कार्यक्रममा सङ्घका निवर्तमान अध्यक्ष श्री अनिल कुमार अग्रवालज्यू, वरिष्ठ उपाध्यक्ष श्री माधव राजपालज्यू, महासचिव श्री शिवजी प्रसादज्यू, कोषाध्यक्ष श्री अनोज रुङगटाज्यू, सचिव द्वय श्री सुशान्त चाचानज्यू , श्री प्रेमचन्द्र गोयलज्यू, सह कोषाध्यक्ष श्री निरज अग्रवालज्यू, सह सचिव श्री नरेश टिवडेवालज्यूका साथै सङ्घका कार्यसमिति सदस्यज्यूको उपस्थिति रहेको थियो ।