Home ChamberNews
ChamberNews
7/2/2026 3:21:00 PM
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति माननीय रवि लामिछानेज्यूसँग उहाँकै कार्यकक्षमा भेटघाट गरी उद्योगी–व्यवसायीहरूले हाल भोगिरहेका विभिन्न व्यावसायिक समस्या, उद्योग तथा व्यापार क्षेत्रमा देखिएका चुनौती, लगानीमैत्री वातावरणको आवश्यकता, बैंकिङ तथा वित्तीय क्षेत्रसँग सम्बन्धित जटिलता, सीमा व्यापारका समस्या तथा निजी क्षेत्रका अन्य समसामयिक विषयहरूबारे विस्तृत रूपमा ध्यानाकर्षण गराउनुभयाे । साथै वीरगञ्जको मेनरोड विस्तार सम्बन्धमा चर्चा हुँदा सभापतिज्यूले मेनरोडवासीलाई मार्का परेकोले यस सम्बन्धमा सकारात्मक पहल गर्ने समेत बताएका थिए । कार्यक्रममा पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य माननीय बुद्धिप्रसाद पन्तज्यू, सङ्घका पूर्वअध्यक्ष श्री विजय सरावगीज्यू, श्री गोपाल केडियाज्यू, वरिष्ठ उपाध्यक्ष श्री माधव राजपालज्यू, उपाध्यक्ष श्री मनोजकुमार दासज्यू सचिवद्वय श्री सुशान्त चाचानज्यू तथा श्री प्रेमचन्द्र गोयलज्यूको समेत उपस्थिति रहेको थियो।