ChamberActivity

7/3/2026 1:00:00 PM

नेपाल उद्योग वाणिज्य महासङ्घका एसोसिएटतर्फका उपाध्यक्ष श्री प्रवलजंग पाण्डेज्यूसँग भेटघाट

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूको अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य महासङ्घका एसोसिएटतर्फका उपाध्यक्ष श्री प्रवलजंग पाण्डेज्यूको प्रमुख आतिथ्यतामा सङ्घको सभाहलमा भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष श्री माधव राजपालज्यू, उपाध्यक्ष श्री आशिषकुमार लाठज्यू, सचिव श्री अनुप अग्रवालज्यू, नेपाल उद्योग वाणिज्य महासङ्घ मधेश प्रदेशका कार्यवाहक अध्यक्ष श्री राजकुमार साहज्यू तथा जितपुर–सिमरा उद्योग वाणिज्य सङ्घका पदाधिकारीज्यूहरूको गरिमामय उपस्थिति रहेको थियो।