ChamberActivity

8/9/2026 11:40:00 AM

सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूको अध्यक्षतामा तथा शिक्षा मन्त्रालय, मधेश प्रदेशका सचिव श्री दिलीपकुमार ठाकुरज्यूको प्रमुख आतिथ्यतामा सङ्घको सभाहलमा योजना महाशाखा प्रमुख श्री किशोरी कापरज्यू तथा इन्सयोर परियोजनाका प्रदेश व्यवस्थापक श्री निर्मला मैनालीज्यूसँग भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रममा इन्सयोर परियोजनाले हाल सञ्चालन गर्दै आएका विभिन्न कार्यक्रम तथा गतिविधिहरूबारे विस्तृत जानकारी गराइएको थियो। साथै, परियोजनाका कार्यक्रमहरूलाई थप प्रभावकारी, परिणाममुखी तथा दिगो बनाउन शिक्षा मन्त्रालय, मधेश प्रदेशसँग आवश्यक समन्वय तथा सहकार्य गर्नुपर्नेमा जोड दिइएको थियो। उक्त कार्यक्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष श्री माधव राजपालज्यू, इन्सयोर परियोजनाका प्राविधिक संयाजक श्री भरत सहनीज्यू, सङ्घका कार्यकारी सचिव श्री सुनिलकुमार कण्ठज्यूका साथै सीप विकास इकाईका संयोजक श्री मेराजुल हवारीज्यूको उपस्थिति रहेको थियो ।