संघीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय खडक राज पौडेलज्यूसँग भेटघाट
बीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूको अध्यक्षता तथा संघीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय खडक राज पौडेलज्यूको प्रमुख आतिथ्यतामा तथा प्रतिनिधि सभा सदस्यज्यूहरूको उपस्थितिमा सङ्घको सभाहालमा भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भयो।
उक्त कार्यक्रममा बीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्षज्यूले पर्सा जिल्लामा रहेका पर्यटकीय स्थलहरूको आवश्यक पूर्वाधार विकास, संरक्षण तथा प्रवर्द्धन गरी पर्यटक आकर्षित गर्नुपर्नेमा जोड दिनुभयो साथै कार्यक्रममा सहभागीहरूले पर्सा जिल्लाको पर्यटन विकाससँग सम्बन्धित विभिन्न विषयमा आफ्ना सुझाव तथा जिज्ञासा प्रस्तुत गर्नुभएको थियो। मन्त्रीज्यूले प्राप्त सुझाव तथा मागहरूलाई सकारात्मक रूपमा लिँदै पर्यटन क्षेत्रको विकासका लागि आवश्यक पहल तथा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उक्त कार्यक्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष श्री माधव राजपालज्यू, महासचिव श्री शिवजीप्रसाद साहज्यू, कोषाध्यक्ष श्री अनोज रुँगटाज्यू, सचिव श्री प्रेमचन्द्र गोयलज्यू तथा कार्यसमिति सदस्यज्यूको उपस्थिति रहेको थियो ।