Home ChamberNews
ChamberNews
8/18/2026 9:00:00 AM
वीरगञ्ज उद्योग वाणिज्य सङ्घद्वारा सशस्त्र प्रहरी उपरीक्षक स्व. सुमन थपलियाको सम्मानमा स्थापना गरिएको अक्षय कोषबाट प्राप्त वार्षिक ब्याज रकममार्फत उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गर्ने निर्णयअनुसार, गणका उत्कृष्ट कर्मचारीहरू सशस्त्र प्रहरी नायब उपरीक्षक (स.प्र.ना.उ.) श्री विकास अधिकारी र सशस्त्र प्रहरी निरीक्षक (स.प्र.नि.) श्री उत्तर वाईबालाई एक कार्यक्रमका बीच सम्मान गरिएको छ।
उक्त सम्मान कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यू, महासचिव श्री शिवजीप्रसाद साहज्यू, सह सचिव श्री नरेशकुमार टिवडेवालज्यू, कार्यसमिति सदस्य श्री सञ्जय अग्रवालज्यूको साथै प्रशासकिय अधिकृत श्री मनोज उपाध्यायज्यूको उपस्थिति रहेको थियो । उक्त अवसरमा उत्कृष्ट कार्य गर्ने दुवै सशस्त्र प्रहरी कर्मचारीलाई सङ्घका तर्फबाट नगद २५०००/- पुरस्कार प्रदान गरिएको थियो।