Home ChamberActivity
ChamberActivity
8/25/2026 3:00:00 PM
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूको नेतृत्वमा सङ्घका पदाधिकारीज्यूहरूको सहभागितामा जिल्ला प्रशासन कार्यालय, पर्साका प्रमुख जिल्ला अधिकारीज्यूको अध्यक्षतामा वीरगञ्ज भंसार कार्यालयमा एकीकृत जाँच चौकी निर्माणसम्बन्धमा छलफल कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रममा पर्साका प्रहरी उपरीक्षकज्यू, सशस्त्र प्रहरी उपरीक्षकज्यू लगायत सम्बन्धित सरोकारवालाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सङ्घका कोषाध्यक्ष श्री अनोज रुङ्गटाज्यूले वीरगञ्ज भन्सार कार्यालयमा एकीकृत जाँच चौकी निर्माणसम्बन्धी विषयवस्तु तथा आवश्यकताबारे प्रस्तुति गुर्नभयो। उक्त कार्यक्रमममा सङ्घका महासचिव श्री शिवजीप्रसाद साहज्यू, सचिव द्वय श्री प्रेमचन्द्र गोयलज्यू, सुसान्त चाचानज्यू, सह कोषाध्यक्ष श्री निरज अग्रवालज्यूको साथै सह सचिव श्री अनुप अग्रवालज्यूको उपस्थिति रहेको थियो ।