ChamberActivity

8/31/2026 3:49:00 PM

बाढीबाट प्रभावित परिवारहरूको राहत तथा पुनःस्थापना

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित परिवारहरूको राहत तथा पुनःस्थापनाका लागि वीरगन्ज उद्योग वाणिज्य संघले १५ लाख १ हजार १०१ रुपैयाँ सहयोग गरेको छ। संघले सोमबार उक्त रकम बराबरको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। बाढीबाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन तथा प्रभावित क्षेत्रको पुनःस्थापना कार्यमा सहयोग पुर्याउने  उद्देश्यले संघले उक्त रकम प्रदान गरेको जनाएको छ। चेक हस्तान्तरण कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतम, निवर्तमान अध्यक्ष अनिलकुमार अग्रवाल, वरिष्ठ उपाध्यक्ष माधव राजपाल, महासचिव शिवजीप्रसाद साह, कोषाध्यक्ष अनोज रुङ्गटा, सचिव प्रेमचन्द्र गोयल, सह–कोषाध्यक्ष निरज अग्रवाल, सह–सचिव अनुप अग्रवाल, कार्यकारी सचिव सुनिलकुमार कण्ठ, प्रशासकीय अधिकृत मनोज उपाध्यायको उपस्थिति रहेको थियो।