ChamberActivity

9/9/2024 12:00:00 AM

वीउवा सङ्घ र प्रदेश मन्त्रालयबीच समझ्दारीपत्रमा हस्ताक्षर

वीरगञ्ज उद्योग वाणिज्य सङ्घ र मधेश प्रदेश सरकार, शिक्षा तथा संस्कृति मन्त्रालयबीच प्राविधिक तथा व्यावसायिक शिक्षा र तालीम कार्यक्रममा निजी क्षेत्र संलगनताको लागि द्वीपक्षीय समझदारीमत्रमा बुधवार हस्ताक्षर भएको छ । समझदारीपत्रको मुख्य उदेश्य प्राविधिक तथा व्यवसायिक शिक्षा र तालीम क्षेत्रसगँ सम्बन्धित नीतिगत कार्यमा शिक्षा तथा संस्कृति मन्त्रालयसँग समन्वय र सहकार्य गरी वीरगंज उद्योग वाणिज्य सङ्घमा आबद्ध जिल्लास्थित तथा मातमहतका सङ्घ वा अन्य पेशागत सङ्घ अन्तर्गतका उद्योग–व्यवसायहरुसँग सहकार्य, समन्वय तथा सहयोगमा श्रम महिचान गरी दक्ष जनशक्ति उत्पादन गर्ने रहेको छ । उक्त कार्यक्रममा सङ्घका अध्यक्ष श्री अनिलकुमार अग्रवालज्यू, उपाध्यक्ष श्री माधव राजपालज्यू र सह–कोषाध्यक्ष श्री अनोज रुँगटाज्यूको उपस्थिति रहेको थियो ।