Home ChamberActivity
ChamberActivity
12/8/2024 3:00:00 PM
वीरगञ्ज उद्योग वाणिज्य सङ्घको सभाहलमा उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका आयोजना तथा सङ्घको सहआयोजनामा नेपाल सरकारका पूर्व अर्थसचिव तथा उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका अध्यक्ष श्री रामेश्वर खनालज्यूको प्रमुख आतिथ्यतामा आर्थिक सुधार सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । उक्त छलफल कार्यक्रममा सङ्घका अध्यक्ष श्री अनिलकुमार अग्रवालज्यू, नेउवा महासङ्घ, मधेशप्रदेशका अध्यक्ष तथा सङघका ्पूर्व अध्यक्ष श्री अशोककुमार टेमानीज्यू, पूर्वअध्यक्ष श्री गणेशकुमार लाठज्यू, श्री अशोक बैंधज्यू, वरिष्ठ उपाध्यक्ष श्री हरिप्रसाद गौतमज्यू, उपाध्यक्ष द्वय श्री माधव राजपालज्यू, श्री मनोजकुमार दासज्यू, महासचिव श्री आशिषकुमार लाठज्यू, कोषाध्यक्ष श्री शिवजी कलवारज्यू, सचिव श्री प्रेमचन्द्र गोयलज्यू, सह कोषाध्यक्ष श्री अनोज रुँगटाज्यू, सह सचिव द्वय श्री नरेश टिवडेवालज्यू, श्री निरज अग्रवालज्यू, सङ्घका कार्यसमिति सदस्यज्यूको साथै उद्योगी व्यवसायीज्यूहरुको बृहत उपस्थिति रहेको थियो ।