ChamberActivity

4/2/2025 10:11:00 AM

नवनिर्वाचित पदाधिकारीज्यूहरूको शपथ ग्रहण समारोह

वीरगंज उद्योग वाणिज्य संघमा बुधबार नवनिर्वाचित पदाधिकारीज्यूहरूको शपथ ग्रहण समारोह भव्य रूपमा सम्पन्न भयो। उक्त कार्यक्रममा नवनिर्वाचित अध्यक्ष श्री हरिप्रसाद गौतमज्यू, निवर्तमान अध्यक्ष श्री अनिलकुमार अग्रवालज्यू, वरिष्ठ उपाध्यक्ष श्री माधव राजपालज्यू, उपाध्यक्ष श्री मनोज दासज्यू, महासचिव श्री शिवजी प्रसाद कलवारज्यू, कोषाध्यक्ष श्री अनोज रुंगटाज्यू, सचिवद्वय श्री प्रेमचन्द्र गोयलज्यू र श्री सुशान्त चाचानज्यू, सह-कोषाध्यक्ष श्री निरज अग्रवालज्यू, सहसचिवद्वय श्री नरेश टिबडेवालज्यू र श्री अनुप अग्रवालज्यूको उपस्थितिमा शपथ ग्रहण गरिएको थियो।
यस अवसरमा संघका पूर्व अध्यक्षज्यूहरू, कार्यसमिति सदस्यज्यूहरू, विभिन्न सरकारी कार्यालयका प्रमुखज्यूहरू, उद्योगी-व्यवसायी तथा सञ्चारकर्मीज्यूहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।