एमआरपीसहितको लेबलिङ्गसम्बन्धी विषयमा वीरगञ्जका खुद्रा सर्जिकल सामग्री व्यवसायीहरूसँग एक अन्तरक्रिया
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूको अध्यक्षतामा सङ्घको सभाहलमा एमआरपीसहितको लेबलिङ्गसम्बन्धी विषयमा वीरगञ्जका खुद्रा सर्जिकल सामग्री व्यवसायीहरूसँग एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो।
कार्यक्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष श्री माधव राजपालज्यू, कोषाध्यक्ष श्री अनोज रुँगटाज्यू, सचिव श्री प्रेमचन्द्र गोयलज्यू, सह-कोषाध्यक्ष श्री निरज अग्रवालज्यू तथा वीरगञ्जका विभिन्न खुद्रा सर्जिकल सामग्री व्यवसायीहरूको सक्रिय र उल्लेखनीय सहभागिता रहेको थियो।अन्तरक्रिया कार्यक्रममा सर्जिकल सामग्री खुद्रा व्यवसायीहरूले एमआरपीसँग सम्बन्धित समस्याहरूको बारेमा विस्तृत रूपमा जानकारी गराएका थिए।उक्त समस्या समाधानका लागि सङ्घले सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय र पहल गर्ने प्रतिबद्धता अध्यक्षज्यूले व्यक्त गर्नुभयो।