Home ChamberActivity
ChamberActivity
5/19/2025 12:00:00 AM
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष तथा उद्योग समितिका सभापति श्री मनोजकुमार दासज्यूको अध्यक्षता र सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूको प्रमुख आतिथ्यमा आज वीरगञ्ज पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग उद्योगसँग सम्बन्धित विषयहरूमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा सहभागी उद्योगी तथा प्रतिनिधिहरूले उद्योग क्षेत्रले भोगिरहेका समस्या, चुनौतीहरू तथा समाधानहरूबारे आ–आफ्ना धारणा प्रस्तुत गर्नुभयो र सो अन्तरक्रिया कार्यक्रमका अध्यक्ष श्री मनोजकुमार दासज्यूले सहभागीहरूबाट आएका विषयहरु प्रति सङ्घको विशेष ध्यानाकर्षण भएको बताउँदै, ती विषयहरू सरोकारवाला निकायहरूसमक्ष प्रभावकारी रूपमा प्रस्तुत गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो साथै कार्यक्रमका प्रमुख अतिथि श्री हरिप्रसाद गौतमज्यूले उद्योगीहरूद्वारा उठाइएका सम्पूर्ण जिज्ञासाहरूलाई गम्भीरतापूर्वक सम्बोधन गर्दै दफाबाररुपमा उत्तर दिनुभयो। कार्यक्रममा सङ्घका पूर्व अध्यक्ष श्री अशोककुमार बैद्यज्यू, निवर्तमान अध्यक्ष श्री अनिलकुमार अग्रवालज्यू, वरिष्ठ उपाध्यक्ष श्री माधव राजपालज्यू, उपाध्यक्षद्वय श्री मनोजकुमार दासज्यू र श्री आशिषकुमार लाठज्यू, महासचिव श्री शिवजीप्रसाद कलवारज्यू, कोषाध्यक्ष श्री अनोज रुँगटाज्यू, सचिव श्री प्रेमचन्द्र गोयलज्यू, सह–कोषाध्यक्ष श्री निरज अग्रवालज्यू, तथा सह–सचिव द्वय श्री नरेशकुमार टिवडेवालज्यू र श्री अनुप अग्रवालज्यूको उपस्थिति रहेको थियो।