ChamberActivity

5/27/2025 2:42:00 PM

नेपाल बीमा प्राधिकरण, मधेश प्रदेशका प्रमुख श्री प्रीति देव ज्यू को उपस्थितिमा बीमा सम्बन्धी छलफल कार्यक्रम

वीरगञ्ज उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष श्री माधव राजपालज्यूको अध्यक्षतामा संघको सभाहलमा नेपाल बीमा प्राधिकरण, मधेश प्रदेशका प्रमुख श्री प्रीति देव ज्यू को उपस्थितिमा बीमा सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भयो।उक्त कार्यक्रममा संघका उपाध्यक्ष श्री आशिषकुमार लाठज्यू, महासचिव श्री शिवजीप्रसाद साहज्यू, कोषाध्यक्ष श्री अनोज रुँगटाज्यू, सचिव द्वय श्री प्रेमचन्द्र गोयलज्यू र श्री सुशान्त चाचानज्यू, सह–कोषाध्यक्ष श्री निरज अग्रवालज्यू, संघका कार्यसमिति सदस्यज्यूहरू, उद्योगी–व्यवसायीज्यूहरू तथा विभिन्न बीमा कम्पनीका प्रमुखज्यूहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।कार्यक्रमका क्रममा सहभागी उद्योगी तथा व्यवसायीहरूले बीमा प्रिमियमको दर उच्च हुनु, ट्रान्जिट इन्स्योरेन्स पोलिसीको अस्पष्टता, र बीमा सम्बन्धी नीतिनियम निर्माण प्रक्रियामा निजी क्षेत्रको समुचित सहभागिता नहुनु जस्ता विषयमा गम्भीर चिन्ता व्यक्त गरे। त्यस अवसरमा वीरगञ्ज उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष श्री माधव राजपालज्यूले व्यवसायीहरूले भोगिरहेका बीमा सम्बन्धी समस्या सुन्ने र समाधान खोज्ने दिशामा नेपाल बीमा प्राधिकरणले गम्भीर पहल गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो।