Home ChamberActivity
ChamberActivity
10/10/2025 8:00:00 AM
२९ औं विश्व अण्डा दिवसको अवसरमा शिवम् लेयर्स फार्म प्रा.लि को आयोजनामा तथा वीरगञ्ज उद्योग वाणिज्य संघको सह–आयोजनामा आज वीरगञ्जस्थित नारायणी अस्पतालमा बिरामीहरू र कुरुवाहरूबीच अण्डा वितरण कार्यक्रम सम्पन्न भयो।कार्यक्रम अन्तर्गत अस्पतालमा उपचाररत करिब ३५० जना बिरामी तथा कुरुवाहरूलाई पौष्टिक आहारका रूपमा अण्डा वितरण गरिएको थियो। अण्डा वितरण कार्यक्रमको उद्देश्य समुदायमा स्वस्थ जीवनका लागि अण्डाको पौष्टिक महत्वबारे जनचेतना फैलाउने रहेको थियो।कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष श्री हरि गौतम, महासचिव श्री शिवजीप्रसाद कलवार, सह–कोषाध्यक्ष श्री निरज अग्रवाल, सह–सचिव श्री नरेश टिबडेवाल, कार्यसमिति सदस्य श्री अजय प्रजापती तथा प्रशासकीय अधिकृत श्री मनोज उपाध्यायको विशेष उपस्थिती रहेको थियो।