ChamberActivity

10/31/2025 2:00:00 PM

माननीय अर्थमन्त्री श्री रामेश्वर खनालज्यूसँग अन्तरक्रिया कार्यक्रम

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूको अध्यक्षतामा तथा माननीय अर्थमन्त्री श्री रामेश्वर खनालज्यूको प्रमुख आतिथ्यमा सङ्घको सभाहलमा “अर्थ, भन्सार, कर तथा राजश्व” सम्बन्धी विषयमा एक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो।
कार्यक्रममा उद्योगी, व्यवसायी, कर प्रशासन, राजस्व विभाग, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा वर्तमान आर्थिक अवस्था, कर तथा राजस्व व्यवस्थापन, भन्सार प्रक्रियाका चुनौतीहरू, बैंकिङ प्रणालीमा देखिएका समस्या तथा तिनका प्रभावकारी समाधानका उपायहरूबारे विस्तृत छलफल र सुझाव–सुझावको आदानप्रदान गरिएको थियो। उक्त कार्यक्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष श्री माधव राजपालज्यू, उपाध्यक्ष द्वय श्री मनोजकुमार दासज्यू तथा श्री आशिषकुमार लाठज्यू, महासचिव श्री शिवजी प्रसाद साहज्यू, सचिव द्वय श्री प्रेमचन्द्र गोयलज्यू र श्री सुसान्त चाचानज्यू, सह–सचिव द्वय श्री नरेशकुमार टिबडेवालज्यू र श्री अनुप अग्रवालज्यू, पूर्व अध्यक्षज्यूहरू, कार्यसमिति सदस्यज्यूहरू, उद्योगी व्यवसायीज्यूहरू तथा सञ्चारकर्मीहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।